रोल्पामा भिरबाट खसेर एक पुरुष घाईते

आर.एन नेटवर्क, चैत १४ रोल्पा  । रोल्पामा भिरबाट खसेर एक पुरुष घाईते भएका छन् ।

प्रहरीका अनुसार घाईते रोल्पा नगरपालिका –४ खाद्य टोलका ५० वर्षीय रामु वि.क रहेका छन् । उनी आज बिहान वडा नम्बर –४ तित्रिकोट देखि लिबाङ तर्फ भैसिको पाडो ल्याउने क्रममा भिरबाट खसेका प्रहरी बताएको छ ।

घाईते वि.क. सँगै अर्का ५१ वर्षीय श्याम वि.क थिए । तर उनी अगाडी रहेको र वि.क घरमा पुगेर मात्र थाहा पाएका बताइएको छ । साथमा भएका वि.क. नदेखिए पछि खोज्दै जाँदा चिलेभिरमा बाटो देखि ५० मिटर तल खसेको अवस्थामा फेला परेको बताइएको छ ।

उक्त घटनाबारे प्रहरीमा बिहान ७ः३० बजे खबर पुगेपछि प्रहरी बरिष्ठ हवल्दार जित बहादुर थापाको कमाण्डमा ५ जना टोली घटनास्थलमा गएको थियो । प्रहरी पुग्दा वि.क. अचेत अवस्थामा भएको बताएको छ । उनको उपचारको लागि जिल्ला अस्पताल रेउघामा पठाईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Previous Post Next Post