जाजरकोटमा बाख्रा चराउँदै गर्दा लडेर एक जनाको ज्यान गयो

आर.एन नेटवर्क, चैत ०६ रोल्पा  ।जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर ज्यान गएको छ ।

घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा लडेर उहाँ घाइते हुनुभएको थियो । उपचारका लागि आधारभूत अस्पताल लिम्सा लैजाँदै गर्दा आज बिहान उहाँको बाटोमै ज्यान गएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments