आर.एन नेटवर्क, चैत २५ रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिका समितिको आयोजनामा दुई दिने राजनीतिक स्कुलिङ कार्यक्रम सोमबार सुलिचौरमा उद्घाटन गरिएको थियो । पार्टीको संगठन सुदृढीकरण र वैचारिक प्रशिक्षणका लागि सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदीले गरेका हुन् ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि सुवेदीले संगठनलाई वैचारिक स्पष्टता र कार्यदिशामा एकता आवश्यक भएको बताए। आजको युगमा कार्यकर्तालाई निष्ठावान् र सक्षम बनाउन स्कुलिङ अत्यावश्यक छ,उनले भने।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्यहरू गुणेन्द्र घर्ती (विज्ञान) , आश बहादुर पुन (रक्तिम) र निमकान्त डाँगी (जितजंग) को उपस्थिति रहेको थियो । साथै जिल्ला समन्वय समिति संयोजक रेशम पुन (चट्याङ) र सचिव पूर्ण बहादुर वली पनि अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिका अध्यक्ष रत्न महराले गरेका थिए भने सञ्चालन गाउँपालिका पार्टी सचिव सुदर्शन पुनमगरले गरेका थिए।उक्त उद्घाटन समारोहमा गाउँपालिकाका सबै वडा अध्यक्षहरूको पूर्ण उपस्थितिका साथै पार्टी कार्यकर्ता, युवा, जनवर्गीय संगठन प्रतिनिधि लगायतको सक्रिय सहभागिता रहेको थियो। स्कुलिङ कार्यक्रमले कार्यकर्ताहरूलाई पार्टीको विचार, नीति र कार्यक्रमप्रति प्रतिबद्ध बनाउने उद्देश्य राखिएको छ ।
कार्यक्रम मंगलबार समापन हुनेछ, जहाँ विभिन्न नेताहरूले समसामयिक राजनीतिक सन्दर्भमा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ।

0 Comments