शिक्षकहरू चढेको रात्रिबस झापामा दुर्घटना हुँदा १६ जना घाइते

आर.एन नेटवर्क, बैशाख १३ रोल्पा । शिक्षकहरू चढेको रात्रिबस बिहान झापामा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

काठमाण्डौबाट झापाका लागि छुटेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको रात्रिबस आज बिहान झापाको शिवसताक्षी नगरपालिका–९ पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको बिर्तासिटी र बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा काठमाण्डौमा भइरहेको शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो । शिक्षक गोपाल खतिवडाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभएको छ । 

Previous Post Next Post