आर.एन नेपाली नेटवर्क, २९ भाद्र । ६१ औं बाल दिवसको अवसरमा आइतबार श्री शिवज्योती प्राथमिक विद्यालय लुङ्ग्री गाउँपालिका–२ सिर्पले विविध सांस्कृतिक र शैक्षिक कार्यक्रम आयोजना गरी बालबालिकाहरुबीच सामूहिक नित्य प्रतियोगिता सम्पन्न गरेको छ।
कार्यक्रम “बलबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको थियो। र्यालीसहित कार्यक्रम विद्यालयबाट सुरु भएर गोकुल मावि, वडा कार्यालय, खालधिक र सिटुङ खोला मार्ग हुँदै विद्यालयमा फिर्ता भएको थियो।
कार्यक्रममा बाेल्दै प्रधानाध्यापक यामसी खड्काले बालबालिकामा लगानी गर्नु भनेको भविष्यको आधार तयार गर्नु हो। आजको बाल दिवसले हाम्रो विद्यालयका विद्यार्थीलाई सिर्जनशीलता, सहकार्य र अनुशासन सिक्ने अवसर प्रदान गरेको छ। हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाउने परम्पराले बालबालिकामा शिक्षा र संस्कारप्रतिको आकर्षण बढाउँदै आएको छ,” प्रधानाध्यापक यामसी खड्काले बताउनुभयो।
“बलबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ सञ्चालन भएकाे उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तेकेन्द्र पुन मगरले गर्नु भएको थियो।




0 Comments