आर.एन नेपाली नेटवर्क, २९ भाद्र । रोल्पामा विभिन्न कार्यक्रमको आयोजना गरी ६१ औँ राष्ट्रिय बाल दिवस गोकुल माबी सिर्पले मनाएको छ । ‘बालबालिकामा लगानी सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन मनाइएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ ।
र्याली विद्यालयबाट वडा कार्यालय हुँदै छाप हुँदै विद्यालयमा आएर कोण सभामा परिणत भएको हो । हरेक बर्ष जस्तै यो बर्षपनि भदौ २९ गतेलाइ बिशेश रुपमा मनाउदै आइरहेको विद्यालयका प्रधानाध्यापक ओबिराम रेग्मीले जानकारी दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने निर्णय भएको हो । त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बालदिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालिएको हो ।
साथै २०६४ सालदेखि हरेक वर्ष एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ । २०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा लिइ राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो । लुङ्ग्री गाउँपालिको विभिन्न विद्यालयले सिर्जनात्मक कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाएका हुन् ।
0 Comments