प्रहरी चौकी सिर्पले बाल बिवाह सम्बन्धि सडक नाटक भोलि गर्दै

आर.एन नेपाली नेटवर्क, २९ भाद्र । वाल विवाह न्यूनिकरणका लागि जनचेतना जगाउने उद्धेश्यले जिल्लाको ग्रामिण क्षेत्रमा बाल विवाह विरुद्धको प्रहरी चौकी सिर्पले सडक नाटक गर्ने भएको छ । उक्त सडक नाटक प्रहरी चौकी सिर्प र गोकुल माध्यमिक विद्यालय सिर्पले गर्ने  भएको हो ।

सानै उमेरमा हुने विवाहलाइ परिवार, समुदाय तथा समाजले सहज रुपमा स्वीकार्ने गलत मान्यताले गर्दा वाल विवाह अझै न्यूनिकरण हुन सकिरहेको छैन् । 

अर्काेतिर आधुनिक प्रविधिको गलत प्रयोग र साथीभाईको देखासिखीले र  बाल विवाह सम्बन्धी समाजको परम्परावादी  धारणाले गर्दा पनि वाल विवाह हुने गरेका प्रहरी चौकी सिर्पका प्रहरी सहायक निरीक्षक दिपक किसानले बताउनु भएको छ । उहाँले भन्नुभयो` हाम्रो समाजमा रहेको परम्परावादी सोचाईमा परिवर्तन नआएसम्म वालविवाह न्यूनिकरण असम्भव छ । तर, अभिभावक र किशोर किशोरीहरु  सैद्धान्तिक तथा व्यवहारिक शिक्षाको माध्यमबाट वालविवाह न्यूनिकरण आवश्यक देखिन्छ उहाँले भन्नुभयो । किसानले वाल विवाह एक सामाजिक अपराध मात्र होइन,मानव विकाशको एक अवरोध पनि हो भन्नू भयो । आमा तथा शिशुको स्वास्थ्यमा समस्या हुनुका साथै वहु विवाह, सम्बन्ध विच्छेद जस्ता दिर्घकालिन समस्याहरु वाल विवाहलेनै निम्त्याएका विकृति हुन । यसलाई समयमै रोकथाम गर्न नसक्ने हो भने दिर्घकालिन असर झन खतरा हुनसक्ने उहाँको भनाइ रहेको छ । कार्यक्रम श्री गोकुल माध्यमिक विद्यालयमा गरिने प्रहरी चौकी सिर्पले बताएको छ । साथै कार्यक्रममा  जनप्रतितिधी,अबिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहने बताइएको छ ।

Post a Comment

0 Comments