आर.एन नेपाली नेटवर्क, १४ मंसिर । रोल्पाको कोटगाउँमा अटो दुर्घटना भएको छ । लु प ०२००१ ह १००३ नम्बरको अटो आज विहान ११ः५० बजेको समयमा दुर्घटना भएको हो ।
अटोमा ६ जना सवार थिए । तीमध्ये सबै जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएकाे छ ।
घाईतेलाई सामान्य उपचारको लागि रोल्पा अस्पताल रेउघामा ल्याएको प्रहरीले जनाएको छ । अटो रुन्टिगढी गाउँपालिका–४ सुर्पालबाट लिबाङ आउँदै गरेको बुझिएको छ । अटो अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । साभार- रेडियो मालश्री

0 Comments