Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

थप ५९ कोरोना संक्रमण,१६१ जना कोरोनामुक्त

रोल्पा,२ आश्विन । पछिल्लो २४ घन्टामा देशभर ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८८२ नमूना परीक्षण गर्दा उक्त्त सङ्ख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ७५३ र एन्टिजेनबाट १ हजार १२९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ३४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।


आज थप १६१ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या १ हजार ८३० पुगेको छ।