Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

कांग्रेसमा ४० प्रतिशत सिटमा कोइराला समूहको दाबी

रोल्पा,१ आश्विन । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवार चयन गर्दा सिटको न्यायोचित वितरण हुनुपर्ने माग गरेको छ । उम्मेदवार चयनको अन्तिम निर्णय हुने बेला नेता कोइरालाले आज बिहान आफूनिकट नेताहरुसँग छलफल गर्नुभएको छ ।

काठमाडौंको ठमेलस्थित एक होटलमा भएको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले महाधिवेशनमा भोट नहालेकै आधारमा आफूहरुले टिकट नपाउने र अन्याय हुने अवस्था भए विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् ।

बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेताहरु सहभागी थिए ।

डेंगु संक्रमण भएका कारण महामन्त्री गगन थापा भने भेलामा उपस्थित हुनुभएन । नेता गुरुराज घिमिरेले गठबन्धन गर्ने नाउँमा सभापति देउवाले कोइराला समूहको प्रभाव भएका क्षेत्र गठबन्धनका अन्य दललाई दिने गरी षड्यन्त्र हुने सम्भावना बढेपछि त्यसकालागि दबाब दिनेबारे छलफल भएको बताउनुभयो ।