Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

रोल्पा,१ आश्विन । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ मा पर्ने बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । यस पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । 

तीन वर्षअघि यस नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । 


बाढीले नदी किनारका बस्तीमा क्षति पुर्‍याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुसमेत बगाएको छ । नदी किनारका बस्ती डुबानमा परेका छन् । बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका बस्ती डुबानमा परेका छन् ।