Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

रोल्पा,१ आश्विन । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।

शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाउनुभयो।

शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गर्नुभएको थियो ।